काठमाण्डौ
१६ असार २०८२
नेपाल आयल निगमलले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । प्राधिकरणले यस अघि जेठ १८ गते पेट्रोल, डिजल तथा हवाई ईन्धनको मुल्य बढाएको थियो । भारतबाट १६ असार २०८२ का दिन आयात भएको पेट्रोलियम पदार्थको नयाँ खरिद अनुसार प्रति लिटर पेट्रोलमा रु ७/६४ , डिजेलमा ९/१३ मुल्य बढेर आएको तथा हवाई ईन्धनमा रु ६/८८ बढेर आएको हुदा निगम संचालक समितिको निर्णय अनुसार पेट्रोल ,डिजल तथा हवाई ईन्धनको नयाँ मुल्य सुची असार १७ गते ००:०१ बजे देखि लागु हुने गरी प्रकाशित गरेको हो ।
नयाँ सुची अनुसार पेट्रोलमा प्रति लिटर रु. ५/०० तथा डिजेलमा प्रतिलिटर रु. ४/०० का दरले मुल्य बढाईएको जानकारी विज्ञप्ती अनुसार गराईएको छ । हवाई ईन्धनमा रु ७/०० ले मुल्य वृद्धि गरिएको निगमले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
