१५ असार २०८२
महेन्द्रनगर :
हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको सुदुरपश्चिम प्रदेश कार्यबाहक प्रदेश प्रमुख पदको जिम्मेवारी सोहि संगठनका केन्द्रिय सहसचिव समेत रहेका कञ्चनपुरका शिरोमणी ओझा नियुक्त भएका छन । सुदुरपश्चिम तथा कर्णाली प्रदेशका जिल्लाहरुमा संगठन विस्तार कार्य, समिति गठन तथा पुर्नगठनको काम हेर्ने गरि शिरोमणिलाई का.बा. प्रमुखको जिम्मेवारी दिइएको हो ।
सुदुरपश्चिम प्रदेश का.बा. प्रमुख पदमा आफुलाई नियुक्त भए पश्चात ओझाले आफ्नो पहिलो काम नै सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा पुगि धार्मिक गोष्ठि, जिल्ला स्तरिय धर्म सभा एवं संगठन सृदृढिकरण पालिका, जिल्ला तथा प्रदेश सम्मेलनहरुमा जोड दिने बताएका छन ।
