ब्रेकिङ न्युज

महेन्द्रनगर, २५ जेठ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्र राजमार्गमा आइतबार दिउँसो विद्युतीय (ईभी) हायस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

​धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प.प्र. ०२-००१ ज ४९६ नम्बरको हायस अनियन्त्रित भई सडक किनारको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना दिउँसो साढे ३ बजेतिर भएको हो।

​घाइते हुनेहरूमा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका यात्रुहरू रहेका छन्। दुर्घटनालगत्तै प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबैलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पठाइएको छ।

घाइतेहरूको विवरण र अवस्था:

मध्यम अवस्थाका घाइतेहरू (४ जना):

​पुष्कर राज गिरी (४३ वर्ष) – कृष्णपुर न.पा.–९ पिपरिया, कञ्चनपुर (छातीमा भित्री चोट)

​जीवन सिंह कडाल (२० वर्ष) – बेदकोट न.पा.–१० नयाँगाउँ, कञ्चनपुर (दाहिने हात र कम्मरमा चोट)

​राधा देवी शाह (४५ वर्ष) – टिकापुर न.पा.–९ खैरीफाटा, कैलाली (टाउको, छाती र कम्मरमा चोट)

​सम्झना सिंह (२५ वर्ष) – धनगढी उ.म.न.पा.–५ हसनपुर, कैलाली (दाहिने हातमा चोट)

सामान्य अवस्थाका घाइतेहरू (९ जना):

​सरस्वती देवी कुँवर (६१ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (पिठ्युँमा चोट)

​विष्णु सिंह (५५ वर्ष) – धनगढी उ.म.न.पा.–६ हसनपुर, कैलाली (टाउकोमा भित्री चोट)

​आंशिका कुँवर (१७ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (दाहिने हातमा चोट)

​पुष्पा बोहरा (१६ वर्ष) – धनगढी उ.म.न.पा.–४ उत्तरबेहडी, कैलाली (टाउकोमा भित्री चोट)

​गजेन्द्र सिंह कुँवर (६० वर्ष) – महाकाली न.पा.–१ फापरी, दार्चुला (बायाँ हातमा चोट)

​सुमित्रा कुँवर (३२ वर्ष) – महाकाली न.पा.–१ फापरी, दार्चुला (बायाँ हातमा चोट)

​ईश्वरी देवी भुल (५५ वर्ष) – नवदुर्गा गा.पा.–२ बडम, डडेल्धुरा (दाहिने हातमा चोट)

​सुनील भुल (२२ वर्ष) – नवदुर्गा गा.पा.–२ बडम, डडेल्धुरा (बायाँ खुट्टामा चोट)

​पुष्प राज पन्त (२८ वर्ष) – अजयमेरु गा.पा.–६ कानाकोट, डडेल्धुरा (दाहिने खुट्टा र हातमा चोट)

​प्रहरीका अनुसार दुर्घटनाका बेला हायसमा चालकसहित जम्मा १७ जना सवार थिए। हायस चालक बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने २८ वर्षीय हेम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त हायस घटनास्थलमै रहेको र राजमार्गमा यातायात अवरोध नभई सवारी साधन सुचारु रहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

सम्बन्धित पोस्ट