ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, २० जेठ- कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा रेविज विरुद्धको खोप अभाव भएको दुई हप्ता भइसक्दा समेत कहिले सम्म खोप आईपुग्ने भन्ने कुनै जानकारी छैन।  प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टका अनुसार, रेविज रोग विरुद्ध खोप अभाव यो बर्ष मात्रै नभएर प्रत्येक बर्ष भइरहने गर्दछ। आज-भोली रेविज विरुद्ध खोप लगाउनेहरुले निजी फार्मेसीबाट उक्त खोप खरिद गर्ने गरेको हुन सक्ने तर बिरामीलाई नि:शुल्क रुपमा सरकारबाट पाईने उक्त खोपको स्टक सकिएपछि यो अवस्था सिर्जना भएको बताए । 

यस अघि सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जेठ १३ गते प्रदेश अन्त्रगत रहेका सम्पुर्ण अस्पताल तथा स्वास्थ्य क्षेत्रहरुलाई परिपत्र गर्दै  रेबिज विरुद्धको खोप एआरभी (ARV) औषधिको मौज्दात शून्य (स्टक आउट) भएको र प्रदेशभरका स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको थियो।

संघीय सरकार स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट निःशुल्क वितरण हुँदै आएको रेबिज विरुद्धको खोप प्राप्त गरी आपूर्ति व्यवस्थापन गर्दै आएको थियो, तर पछिल्लो केही समयदेखि उक्त औषधि व्यवस्थापन महाशाखाबाट आपूर्ति हुन नसकेको र पुनः आपूर्ति हुन केही समय लाग्ने मौखिक जानकारी प्राप्त भएको उक्त परिपत्रमा उल्लेख छ। केन्द्रका अनुसार प्रदेशस्तरबाट उपलब्ध हुन सक्ने औषधि खरिद गरी वितरणसमेत गरिएको भए पनि हाल मौज्दात पूर्ण रूपमा सकिएको छ। यस अवस्थाले प्रदेशबाट नियमित आपूर्ति हुन नसक्ने भएकाले सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थाहरूले एआरभी औषधिको व्यवस्थापन तथा सेवा निरन्तरताका लागि आवश्यक पहल गर्न समेत अनुरोध गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: