ब्रेकिङ न्युज

Default Placeholder

७ भाद्र २०८२ 

महेन्द्रनगर :

निर्माण व्यवसायी संघ कंचनपुरको १५ औ जिल्ला अधिवेशन भदौ २० र २१ गते हुँदै छ । निर्माण व्यवसायी संघ कंचनपुरका अध्यक्ष निरन्जन प्रसाद भट्टले आउदो  अधिवेशनमा समेत अध्यक्षको लागि  उम्मदवारी दिएका  हुन । आज कंचनपुरको महेन्द्रनगरमा औपचारिक रुपमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टले आफू र आफ्नो प्यानलको  घोषणा  गरे । 

अध्यक्ष भट्टको दोस्रो कार्यकालको लागि उम्मेदवारीका साथै बरिष्ठ उपाध्यक्ष देब बहादुर चन्द, उपाध्यक्ष दिपक भट्ट, महासचिव योगेन्द्र ठगुराठी, सचिव ब्रिज किशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सहसचिव हेम बहादुर महरा सहितको पदाधिकारी प्यानल घोषणा गरिएको छ । 

उम्मेदवारी घोषणा पश्चात् अध्यक्षका उम्मेदवार भट्टले,  “आफुलाइ सबै व्यवसायीहरुले पुनः अध्यक्ष भइदिनु पर्ने भने पछि सबैको भनाइ पश्चात् आफुले अध्यक्षको उम्मेदवारीमा आएको र पछिल्लो कार्यकालमा आफुले निर्माण क्षेत्रको लागि गरेका कामहरु , निर्माण व्यवसायीका हकहितका पक्षमा आउदा दिनहरुमा समेत निरन्तर लागिरहने  कुरामा जोड दिए ।” 

कार्यक्रममा निर्माण व्यवसायी संघका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्यहरुले समेत अध्यक्षका उम्मेदवार भट्टले पछिल्लो कार्यकालमा  राम्रो काम गरेको तथा आउदा दिनहरुमा समेत सफल कार्यकालको शुभकामना दिएका थिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: