महेन्द्रनगर – २०८२ जेठ ७
भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरले भन्सार छलि, चोरी निकासी/पैठारी अभियोगमा विभिन्न समयमा पक्राउ परेका सवारी तथा ढुवानीका गाडीहरुको लिलाम खोलेको छ । २०८२, जेठ ०६ गते पहिलो पटक सुचना जारी गर्दै भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरले लिलामका लागी २१ दिने सुचना प्रकाशित गरेको छ । उत्पादन मोडल सन २००५ देखि सन २०२१ सम्मका सवारी तथा ढुवानी साधनहरु जम्मा १८ वटाको लागी लिलाम प्रक्रियामा रहेका छन, जसमध्ये ९ गाडी चलाउने योग्य अर्थात यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गरी र बाकी ९ वटा गाडी यातायात व्यवस्था कार्यालयमा दर्ता नहुने गरी कवाडमा जाने गरी लिलाम हुन लागेका हुन । भन्सार नियमावली २०६४ को नियम ३५(१) अनुसार लिलाम बिक्रीको व्यवस्था रहेको छ ।

विभिन्न कारणमा यसरी भन्सार प्रक्रियामा परि लिलाम भएका गाडीहरुबाट समेत देशको राजश्वमा वृद्धि हुने गर्दछ । यस अघि जम्मा भएका गाडीहरु समयमा लिलाम प्रक्रिया नभएको प्रति गुनासो समेत भईरहेको स्थानियहरुको रहेको थियो ।
यातायात व्यवस्था विभागमा दर्ता हुने गरी लिलाम हुने सवारी साधनहरुको विवरण
सि नं | सवारी साधन | मोडल | न्युनतम मुल्य |
1. | HUNDAI CAR | HYUNAI110 | 1,90,000/- |
2. | SUZUKI CAR | MARUTI SUZUKI ALTO | 2,68,000/- |
3. | SANTRO CAR | HUNDAI SANTRO | 2,55,000/- |
4. | HONDA AMAZE CAR | HONDA AMAZE | 5,50,000/- |
5. | SCORPIO | MAHINDRA SCORPIO | 5,55,000/- |
6. | CAR | HYUNDAI 10 | 4,29,000/- |
7. | TEMPO AUTO | BAJAJ | 50,000/- |
8. | PICK UP | MAHINDRA BOLERO | 7,35,000/- |
9. | VAN | SUZUKI VAN | 1,05,000/- |