ब्रेकिङ न्युज

सुदुरपश्चिम प्रदेश, २६ जेठ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू फेर्ने पूर्वसहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ। प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैसीद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमति अनुसार नै अघि बढ्न आग्रह गरिएको छ।

​विज्ञप्तिमा उल्लेख भए अनुसार, सुदूरपश्चिम प्रदेशको संयुक्त सरकारमा नेकपा (एमाले) को संसदीय दलबाट मन्त्री मण्डलमा समावेश गराइएका मन्त्रीहरूलाई फेरबदल गरी नयाँ सभासदहरूलाई समावेश गर्ने विषय थियो। तर, पार्टी केन्द्रले तत्काल मन्त्री फेरबदल नगरि यथावत राख्ने निर्णय गरेपछि कार्यकर्तामा अन्यौल र आक्रोश पैदा भएको छ।

​केन्द्रको उक्त निर्णयपछि दलका नेता विरुद्ध नारा लगाउने र प्रदेश कार्यालयमा तालाबन्दी गर्ने जस्ता दबाबमूलक क्रियाकलापहरू भएका छन्। यस्ता गतिविधिले पार्टी पंक्तिमा नकारात्मक असर पर्न गएको प्रदेश कमिटीले जनाएको छ।सुदूरपश्चिम प्रदेश कमिटीले यस विषयमा पहिले नै सहमति भइसकेकाले मन्त्री फेर्ने कुरा नै सामयिक र सान्दर्भिक रहेको स्पष्ट पारेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: