ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर — प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले महाकाली प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ०३ बाट निर्वाचित भएका महताले अस्पताल पुगेर मेडिकल सुपरिटेन्डेन्टसहित अस्पताल व्यवस्थापन टोलीसँग भेटघाट गर्दै अस्पतालमा रहेका विद्यमान समस्याबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा अस्पताल प्रशासनले बजेट अभावका कारण नयाँ भवन हस्तान्तरणमा ढिलाइ भएको, विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकको अभाव रहेको लगायतका समस्याबारे जानकारी गराएको थियो। साथै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफूहरू निरन्तर प्रयासरत रहे पनि आवश्यक स्रोत–साधन र जनशक्तिको अभावका कारण सेवाग्राहीका सबै समस्या समाधान गर्न कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य महताले आफू र आफ्नो सरकारले गठन भएकै दिनदेखि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा रहेका समस्यामा व्यापक सुधार गर्ने नीति लिएको बताउँदै यहाँका समस्या र आवश्यकताबारे स्पष्ट रूपमा जानकारी गराउन अस्पताल प्रशासनसँग आग्रह गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: