कंचनपुर
कंचनपुरको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको दोधारा-चादनी झोलुङ्गे पुल करिब एक हप्ता निर्माण कार्यको लागी आवत-जावत बन्द गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट कार्यक्रम बमोजिम ०८२/०१/२५ गते देखि ०८२/०१/३१ गते सम्म बिहान ०७:०० बजे देखि दिउँसो १:०० बजेसम्म तथा दिउँसो २:०० बजे देखी साझ ०६:०० बजे सम्म मर्मतकार्यको लागी आवत-जावत बन्द गरिएको भिमदत्त नगरपालिकाले सुचना प्रकाशित गर्दै सुचना प्रवाह तथा आवश्यक सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।
कंचनपुर जिल्लाको भिमदत्त नगरपालिका र दोधारा-चादनी नगरपालिका जोडने झोलुङ्गे पुल महाकाली नदीमा अवस्थित पर्यटकिय स्थलका रुपमा चिनिएको पुल समेत हो । आन्तरिक तथा बाह्य पर्यटनको लागी कंचनपुर पुगिसकेपछी पुग्नै पर्ने स्थानको रुपमा परिचित झोलुङ्गे पुल समय समयमा निर्माण कार्य गरिदै आएको छ ।