ब्रेकिङ न्युज

Default Placeholder

काठमाण्डौ

०५ जेठ २०८२

नेपालले आज थाईलेण्डको Terdthai cricket ground मा भएको T20  क्रिकेटको खेलमा युएईलाई ५ विकेटले हराउदै विश्वकप ग्लोबल छनौटमा आफ्नो स्थान पक्का गरेको हो । युएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाउदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।  जवाफी ब्याटिङमा उत्रिएको नेपाली खेलाडिहरुले १९.३ ओभरमा ११५ रन बनाउदै जित पक्का गरेको हो । युएईलाई ११४ रनमा रोक्नको लागी नेपालकि मनिसा उपाध्यायले ४ ओभरमा २० रन खर्चिदै ४ विकेट लिईन भने त्यस्तै कविता कुवरले ४ ओभरमा एक मेडेन सहित १८ रन खर्चिदै २ विकेट लिईन नेपालका लागि अर्कि खेलाडि राजमति एरीले ४ ओभरमा २२ रन खर्चिदै १ विकेट लिएकि थिएन ।

दोस्रो ईनिङमा ११५ रनको लक्ष्य लिई मैदानमा उत्रिएको नेपाली महिला ब्याटर टोलीले १९.३ ओभरमा ५ विकेट गुमाउदै आफ्नो जित सुनिश्चित गर्दै विश्वकपप ग्लोबल छनौट भएको थियो । नेपालकि ओपनर ब्याटर सम्झना खडकाले २७ बल खेल्दै २१  रन बनाउदा अर्कि ओपनर राजमति एरीले १३ बलमा ८ रन बनाउदै रन आउट हुन पुगेकि थिईन । जितको लागी नेपालकि ईन्दु वर्माले २८ बलमा अजिवित ३० रनको योगदान दिएकि थिईन भने रुबिना क्षेत्रीले १८ बलमा २३ रनको  उत्कृष्ठ ईनिङ खेलेकि थिईन  ।  

 आजको खेलबाट नेपालले शिर्ष २ मा स्थान बनाउन सफल भएको हो विश्वकप छनौटको लागि नेपालको यात्रा भने अझै सजिलो छैन नेपालले यसै वर्ष टी२० विश्वकप क्रिकेट छनौट खेल्ने छ । १० टोलीको सहभागितामा हुने ग्लोबल छनौटमा शिर्ष ४ मा पुग्ने टोली भने सन २०२६ मा बेलायतमा हुने विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: