ब्रेकिङ न्युज

िश्वकै खेलाडी अटाउदा नेपाली खेलाडीले नामदर्ता सम्म नगराएको क्रीकेट लिग , IPL

भारतमा जारी चर्चित क्रिकेट प्रतियोगिता आइपिएलको लिग चरणका अन्तिम खेलहरु बाकी रहदा थप रोमान्च बढेदै गएको छ ।  लिग चरणका अन्तिम केही खेलहरु बाकी रहदा मुख्य चारमा कुन टोलीले आफ्नो विरासत जमाउन सक्छन भन्ने सम्पुर्ण क्रिकेट प्रेमीमा चासोको बिषय रहेको छ ।

बुधबार साझसम्मको खेलहरु समाप्त हुदा सम्म गुजरात ,बेङलोर,पंजाब र मुम्बई मुख्य चारमा रहेका छन भने दिल्ली पाचौ स्थानमा रहेको छ ।आफ्नो ११ खेल खेलिसक्दा सम्म गुजरातले ८ खेलमा जित र ३ खेलमा हार बेहोर्दै १६ अंक जोडदै तालिकाको शिर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा बेङलोरले समेत ११ खेलमा  ८ जित तथा ३ हार सहित १६ सहित दोस्रो स्थानमा रहेको छ । त्यसै गरी तेस्रो स्थानमा १५ अंक सहित पंजाब रहेको छ । उसले आफ्नो ११ खेल मध्ये ७ खेलमा जित तथा १ खेलमा वर्षाका कारण बराबरी अंक बाडेको थियो । चौथो स्थानमा १२ खेलमा १४ अंक रहेको मुम्बई रहेको छ , भने मुम्बईलाई पछ्याउदै ११ खेलबाट १३ अंक बनाएको दिल्ली रहेको छ ।

दिल्लीको आज साझको खेल पंजाब संग रहेको छ । आजको खेलमा पंजाब म्याच जित्दै अंक तालिकामा पहिलो स्थानमा आउन आफ्नो  भरपुर प्रयास गर्ने छ भने दिल्ली आजको खेल आफ्नो पक्षमा पार्दै अंक तालिकामा मुम्बईलाई पछाडी पार्दै चौथो स्थानमा आफ्नो स्थान सुरक्षित गर्न भरपुर प्रयासमा रहने छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article:

error:Content is protected !!